पञ्चेश्वरमा राष्ट्रपति रनिङ शिल्डको उपाधि सोमेस्वर माविलाई

बैतडी – बैतडीको पञ्चेश्वर गाउंपालिकामा सञ्चालन भएको पालिका स्तरिय राष्ट्रपति रनिङशिल्डको उपाधि सोमेस्वर मावि मडले जितेको छ ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन भएको पालिका स्तरिय प्रतियोगितामा दस स्वर्णसहित सोमेस्वर मावि प्रथम भएको हो ।

यस्तै नौ स्वर्णपदक सहित कुलाउ मावि द्धित्तिय र पाँच स्वर्ण पदकसहित जबलपुर मावि तृत्तिय भएको हो । पालिका स्तरीय राष्ट्रपती रनिङ शिल्डमा पालिकाभरिका ९ बिद्यालयले सहभागिता जनाएका थिए ।

वडा नं. ३ स्थित कुलाउं माविको खेलमैदान र नागर्जुन खेलमैदानमा सञ्चालन भएको रनिङ शिल्ड कार्यक्रम आज सम्पन्न भएको छ ।

उक्त समापन कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द र प्रमुख अथिती मेलौली नगरपालिकाका नगरप्रमुख भिम बहादुर चन्द रहेका थिए ।

यस्तै प्रमुख अथिती नगरप्रमुख भीम चन्दले बधाइ दिनुका साथै अगामिदिनमा पञ्चेश्वर गाउँपालिकासङ्ग भगेनी सम्बन्ध राखिने बताए ।

भगेनी सम्बन्धबाट मेलौली र पञ्चेश्वरको समग्र विकासमा सहयोग पुग्ने विश्वास नगरप्रमुख चन्दले व्यक्त गरे ।

यस्तै रनिङ शिल्डमा सहयोग गर्ने सम्पुर्णलाई धन्याबाद दिँदै खेल क्षेत्रको विकासका लागि अगामि दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरिने पञ्चेश्वर गाउंपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्