कुलाउ माविका प्रधानाध्यपक मंगोलाको विदाइले भावुक बनाएको कुलाउ

बैतडी : कुलाउ माध्यमिक विद्यालयको ७८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम चलिरहेको थियो । विभिन्न सास्कृतिक कार्यक्रमले सबै अभिभावक, विद्यार्थी र अथितीहरु रमाईरहेका थिए ।

त्यही विचको समयमा जब कार्यक्रम संचालकले विद्यालयबाट हालसालै सेवानिवृत भइगएका प्रधानाध्यापक मोती सिह मंगोलाको सम्मान सहित फेरीभेटौला कार्यक्रम छ भन्ने वित्तिकै रमाईरहेको कुलाउको माहोल एक्कासी भावुकतामा परीणत भयो ।

जव प्रअ मंगोला सम्मानको लागि मंचमा आउनु भयो र उहाँलाई सम्मान सहित माला खादा अविर लगाउन थालियो त्यतीबेला सबै अभिभावक, शिक्षक, अथिती र विद्यार्थीका आखाँ रसाइरहेका थिए ।

त्यो भावुकतामा प्रधानाध्यापक मंगोलाले विद्यालयमा गरेको योग्दान र त्यो ठाउँमा बालेको शिक्षाको जोती झल्कीरहेको थियो । प्र.अ मंगोला जिल्लाको विकट क्षेत्र साविकको महाकाली गाविस हालको पञ्चेश्वर गाउँपालिका २ बास्कुमा गरिब परिवारमा २०२५ सालमा जन्मिएका थिए । कठीन समय र प्रस्थितीका बावजुद पनि विभिन्न आरोह अवरोह चिर्दै मंगोलाले स्नातकोत्तर सम्म अध्ययन गरेका थिए ।

केदारेश्वर मावि दुर्गास्थान बैतडीबाट २०४६ सालदेखी शिक्षण पेशा सुरु गरेका मंगोलाले २०४९ माघ देखी सेवानिवृत हुनजेल (२०८१) सम्म कुलाउ माविमा शिक्षण गरेका थिए । शिक्षण संगै कुलाउँमा सहायक प्रधानाध्यपक देखी प्रधानाध्यापकको जिम्मेवारी समाली सेवानिवृत भएका हुन् ।उनले कुलाउँमाविमा विभिन्न संकायको पढाई सुरुगराए संगै कुलाउमै नवप्रभात सयुक्त क्याम्पस खोल्न पनि ठुलो योग्दान गरेका थिए ।

उनले पढाएका विद्याथी अहिले सरकारी र गैरसरकारी उच्चतह सम्म पुगीसकेका छन् । आफुले पढाएका विद्यार्थीको प्रगती र आम अभिभावकको यो सम्माननै आफ्नो सम्पती भएको प्रधानाध्यापक मंगोलाले बताउनु भयो ।

उनले आफु सेवा निवृत भएपनि विद्यालयलाई अगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । प्र.अ मंगोलाले विद्यालयमा एक लाख पाँच हजारको अक्षयकोष स्थाप्ना समेत गरेर जानु भएको छ ।

प्रअ मंगोलालेको सम्मान तथा फेरीभेटौला कार्यक्रममा सहभागी सबैले मंगोलाको अवको बसाई सफल र सुखद संगै अगामीदिनमा पनि समाजसेवाको काममा अग्रसर भइरहन भन्ने शुभकामना समेत दिनु भएको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्