शैक्षिक गुणस्तरवृद्धिका लागि अन्तरकृया

बैतडी : समाजिक विकास कार्यालय बैतडीले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरु संग एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खसकिएको भन्ने अभिभावकहरुको गुनासोलाई सम्बोदन गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला भित्र रहेका सामुदायिक विदालयहरुको शैक्षिक गुणस्तर वृद्धि कसरी गर्न सकिन्छ, शिक्षामा देखिएका समस्या केहुन र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको समाजिक विकास कार्यालय बैतडीका कार्यालय प्रमुख शंकर दत्त जोशीले बताउनु भयो ।

अन्तरकृया कार्यक्रममा प्रत्यक स्थानीयतहका विद्यालयबाट दुईदुई जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समाजिक विकास कार्यालय बैतडीका प्रमुख जोशीले सहजिकरण गरेका थिए । जति कार्यक्रम गरेपनि सामुदायिक विद्यालयको शैक्षिक ग्णस्तरमा कुनैपनि परिवर्तन नआएको सरोकारवलाहरुको भनाई छ ।

प्रतिक्रिया छाेड्नुहाेस्