दार्चुलामा टिप्पर दुर्घटना हुँदा बैतडीका एक जना घाइते

दार्चुला – दार्चुलामा टिप्पर दुर्घटना हुँदा बैतडी घर भएका चालक घाइते भएका छन् ।

टिप्पर दुर्घटना हुँदा बैतडीको सुर्नया गाउँपालिका–१ घर भएका २९ बर्षीय देवबहादुर चन्द गम्भीर घाइते भएका छन् ।

उनलाई गोकुलेश्वर अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

शुक्रबार बिहान पौने १० बजेतिर इन्द्रधनु हटैराज कन्सट्रक्सनको सुपप्र ०१००१ क १५४० नम्बरको टिप्पर दल्लेख–गोकुलेश्वर सडक खण्ड अन्तरगत नौगाड गाउँपालिका वडा नम्बर ३ खारखोलामा माटो फाल्ने क्रममा दुर्घटनामा परेको प्रहरी निरीक्षक जोशीले बताए ।

उक्त टिप्पर ब्याक भएर सय मिटर तल खसेको बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्