बैतडी– बैतडीको पहरौल माविले आफ्नो ४७ औं बार्षिकोत्सव मनाएको छ ।
बैतडीको पुर्चौडि नगरपालिका–४भटना स्थित पहरौल मावि बागाले आफ्नो ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर धानुकको अध्यक्षतामा भएको सो कार्यक्रममा संविधान सभा सदस्य नरेन्द्र कुवर (विजयसुन्दर) प्रमुख अतिथि रहेका थिए ।
यस्तै पूर्व पुर्चौडि नगर पालिका प्रमुख रण बहादुर कुवंर, बैतडी जिल्ला कमिटी एमाले उपसचिव हर्क बहादुर धानुक, वडा नं ४ वडा अध्यक्ष दिल बहादुर धानुक (विकास)र पुर्व वडा अध्यक्ष शैलेन्द्र धानुक (सिद्दांत) विशिष्ट अतिथि रहेका थिए ।
वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमा बिभिन्न सांगितिक र सांस्कृतिक कार्यक्रम, वार्षिक पुरस्कार वितरण, विद्यालयको बार्षिक आर्थिक र भौतिक प्रतिवेदन, सम्मानपत्र वितरण लगायतका कार्यक्रमहरु गरिएको कार्यक्रम संचालक शिक्षक नरेन्द्र धानुकले बताए ।
प्रधानाध्यापक प्रताप धानुकले ८८लाख बराबर को आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन प्रस्तुतको क्रममा पहरौल माध्यमिक विद्यालयले बिभिन्न आरोह–आवरोह पार गर्दै आइरहेको र मुख्य चुनौती पछिल्लो समय विद्यार्थी संख्या घट्दै जानु रहेको बताएका छन् ।











