बैतडी : पञ्चेश्वर गाउँपालिकामा रहेका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरुको कार्यसम्पादन परीक्षण गर्दा सबै विद्यालयहरुको प्राप्ताङ्क सामान्य रहेको छ । सबै विद्यालयको कार्यसम्पादन परीक्षण सामान्य मध्येपनि नागार्चन मावि रन्तोलीले सबैभन्दा बढी अंक ल्याएर प्रथम भएको हो ।
नागार्चन मावि रन्तोलीको ६९ दशमलव ३९ अंक रहेको छ भने दोस्रोमा सोमेश्वर मावि मड ६३ दशमलव १८ अंक र तेस्रोमा टाक तिलकपुर मावि आम्चौरा ६० दशमलव ९७ अंक प्राप्त गरेका छन् । अरु विद्यालयको योभन्दा कम अंक रहेको गाउँपालिका द्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपूरले विद्यालयको शैक्षिकस्तर, विद्यालयको भौतिक अवस्था र लगानीलाई मुख्य मापदण्ड मानेर सो अंक दिएका हुन् ।











