दार्चुला– दार्चुलामा एक जना मृत फेला परेका छन् ।
दार्चुलाको नौगाड गाउँपालिका–१ इयरकोटका विरभान सिंह महता मृत फेला परेका हुन् ।
फागुन ६ गते निगांलो काट्न जंगल गएका ७६ वर्षीय महता घर नफर्किएपछि आफन्तले खोजी गरिरहेका थिए ।
बुधबार स्थानीय सत्याडी भीरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।











