बैतडी : कुलाउ माध्यमिक विद्यालय पञ्चेश्वरका शिक्षक कृष्ण दत्त तिवारी (केडी तिवारी) ले चार जना विद्यार्थीलाई आजीवन पुरस्कार दिने घोषणा गरेका छन् ।
जवलपुर मावि र कुलाउ माविका दुईदुई जना छात्रछात्रलाई एसईईमा उत्कृष्ट जिपीए ल्याएपछि सो पुरस्कार दिइने शिक्षक तिवारीले बताए । उनले भने यो पुरस्कारले विद्यार्थीहरुमा पढाईमा प्रतिस्पर्धाको भावना जागृत होस भन्ने उद्देश्यले प्रदान गरिएको हो ।
यी दुई विद्यालयका विद्यार्थीले एसइइमा उत्कृष्ट अंकल्याए जनही एकहजारका दरले पुरस्कार पाउने छन् । तिवारीले लामो समयसम्म जवलपुर माविमा अध्यापन गराएका थिए । अहिले भने उनी कुलाउ माविमा अध्यापन गराइरहेका छन् ।










