बैतडी- आजदेखि सुरू भएको एसईई परीक्षामा बैतडीमा पहिलो दिन फारम भरेका मध्ये १ सय २४ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार एसइई परीक्षाको पहिलो दिन नियमित तर्फका ७१, प्राविधिक धार तर्फका १ र ग्रेडवृद्धितर्फका ५२ गरी १२४ जना परीक्षार्थी अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्कर शर्माले बताउनुभयो।
विद्यालयमा भर्ना गरेर रोजगारीका लागि भारततिर गएकाहरु, बसाइँसराइ,बिहे गरेका वा हाजिर नपुगेकाहरु अनुपस्थित देखिएका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्र अवस्थीले बताए । यसैबीच पहिलो दिनको परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको जनाएको छ।
परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहेको माध्यमिक शिक्षा उत्तिर्ण समन्वय समितिले अनुगमन समेत गरिरहेको छ ।