बैतडी– बैतडीमा प्रेस चौतारी नेपालले अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
१८ औं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीले अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
बिहिवार बिरेन्द्र मावि साहिलेकको अनाथ असाहाय छात्रवासका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीका अध्यक्ष प्रकाश चन्द्र भट्टले बताए ।
अनाथ असहाय छात्रवासमा रहेका १९ जना बालबालिकालाई कापी र कलम वितरण गरिएको उनले बताए ।
शैक्षिक सामग्री वितरणले अनाथ बालबालिकाको अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष भट्टले बताए ।
अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत प्रेस चौतारी बैतडी परिवारले उक्त सामग्री हस्तान्तरण गरेको थियो । सो छात्रवासमा ९ छात्र र ११ छात्रा रहेका छन् ।










