बैतडी अस्पतालमा असोज ४ गते मानसिक स्वास्थ्य शिविर संचालन हुने

बैतडी- जिल्ला अस्पताल बैतडीमा शनिबार अर्थात असोज ४ गते मानसिक स्वास्थ्य सेवा शिविर संचालन हुने भएको छ । विगत केही महिनायता देखि बैतडीमा यो शिविर संचालन हुन सकेको थिएन् ।

शनिबार संचालन हुने शिविरमा मानसिक रोग विशेषज्ञ डाक्टर विवेक रेग्मीले सेवा दिने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सुशील विकले बताउनुभयो । उहाँका अनुसार विभिन्न प्रकारका डिप्रेशन तथा मानशिक स्वास्थ्य सम्बन्धि समस्या भएका बिरामीले शिविरमार्फत निशुल्क सेवा दिन सक्नेछन् ।

प्रतिक्रिया छाेड्नुहाेस्