भारतीय सेनाले गर्यो दार्चुलाको गुञ्जीसम्म कब्जा


धनगढी– भारतीय स्थलसेना प्रमुख उपेन्द्र द्विवेदीले नेपालले आफ्नो भूमि दावी गर्दै आएको गुञ्जी क्षेत्रको भ्रमण गरेका छन्।

द्विवेदीले सुदूरपश्चिमको दार्चुलास्थित विवादित क्षेत्रको भ्रमण गरेको पाइएको हो।

जबकी अहिले गुञ्जीसम्मै भारतीय सेनाले भूमी कब्जा गरिसकेको छ। सोही क्रममा भारतीय राज्य उत्तराखण्डको पिथौरागढस्थित पाँचशुल ब्रिगेड र कुमाउका विभिन्न सैन्य युनिटको निरीक्षण गर्ने क्रममा उनी सुदूर उत्तरको गुञ्जी पुगेको बुझिएको हो।

भ्रमणका क्रममा फर्मेसनको सञ्चालन तयारी,प्रविधि प्रयोग,सुरक्षा निकायहरूसँगको समन्वय र राष्ट्रनिर्माणबारे भइरहेका कार्यक्रमबारे जानकारी लिएका थिए। उनी सेनासँग दिपावली मनाउने क्रममा गत सोमबार उत्तराखण्ड पुगेका थिए।

1 Comments Text
  • digital banking says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    I could not refrain from commenting. Exceptionally well written!
  • प्रतिक्रिया छाेड्नुहाेस्