कांग्रेस छोडेर गएकालाई कांग्रेस बैतडीको घरफर्कीन आह्वान

बैतडी : नेपाली कांग्रेस बैतडीले नेपाली कांग्रेस बैतडीबाट विगतमा विभिन्न कारणले अनुसासनको कार्बाहीमा परेका, पार्टी परित्याग गरेका सम्पूर्ण नेता कार्यकर्तालाई घर फर्कि आआफ्नो क्रियासिल सदस्यता नबिकरण गर्न आह्वान गरेको छ ।

आज आईतबार पार्टी सभापती चतुरबहादुर चन्दले एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रिय समिति अनुसासन समितिले विगतमा विभिन्न कारणले पार्टीबाट निष्कासन, निलम्बन र पार्टी विधानले स्वतः कार्बाही परेका र पार्टी परित्याग गरेका देसभरीका नेता कार्यक्रताहरुको बाकी कार्बाही माफी मिनाह गर्ने निर्णय भएकाले पार्टी केन्द्रको निर्ण निर्देशन र बक्तव्य वमोजिम बैतडी कांगेसबाट गएकाहरुलाई घर फर्किन आग्रह गरिएको छ ।

घर फर्की नेपाली कांग्रेसको १५ औं महाधिबेसन भव्यताका साथ सम्पन्न गरी आशन्न निर्वाचनमा एकताबद्ध भई होमिन सम्पूर्ण नेताकार्यकर्तामा नेपाली कांग्रेस बैतडी खुल्ला हिर्दयले हार्दिक अह्वान गरेको विज्ञप्तीमा उल्लेखित छ ।

प्रतिक्रिया छाेड्नुहाेस्