बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बिर सिंह भण्डारी आउने भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालयले भण्डारीलाई गाउँपालिकाको प्रमुखमा खटाएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।
एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गर्दै पालिका अध्यक्ष चन्द मन्त्रालयमै धाइ रहनुभएको थियो ।
बिगत २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा पालिकाको कामकाज प्रभावित भएपछी अध्यक्ष चन्दले नयाँ प्रमुख प्रसासकिय अधिकृत नपठाउनेजेल सम्म मन्त्रालयमै आमरण अनसन बस्ने चेतावनी दिएपछी बल्ल बुधबार पालिकाको लागि नयाँ हाकिम पठाएको हो ।
अब नयाँ प्रमुख आउनेभएपछी कामकाजमा सहज हुने अपेक्षा गरिएको अध्यक्ष चन्दले बताउनुभयो ।







