बैतडी : नेकपा एमालेले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गरेको छ । जसमध्ये उम्मेदवारको बन्द सूचीमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाबाट ११ जना समेटदा बैतडीलाई समानुपातिकमा उपेक्षा गरेको छ ।
२०७०सालदेखि लगातार प्रतिनिधीसभा सदस्य जित्दै आएको बैतडीबाट समानुपातिकको बन्दसूचीमा एकजना पनि सिरफारिस हुन सकेन । एमाले बैतडीले समानुपातिक सूचीमा समेटीने योग्य तीन जना उम्मेदवारको नामनै सिफरिस गर्दा एमालेले आयोगमा बन्दसूची पठाउदा एक जना पनि समेटेन ।
पार्टीको जिल्ला कमिटी बैठकले बैतडी अध्यक्ष नरेश विक, प्रदेश कमिटी सदस्य एवम अवार्ड विजेता अधिकारकर्मी सरस्वती नेपाली र एमालेका पूर्व केन्द्रीय सल्लाहकार सदस्य मोहन थापाको नाम सिफारिस गरेको थियो । अमेरिकाको जिएआरसी अवार्ड र अन्तर्राष्ट्रिय दर्नाल अवार्ड पाएकी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं अधिकारकर्मी बैतडीकी सरस्वती नेपाली वन्द सूचीमा पर्न सक्ने सबैले आकलन गरेको थियो ।
राजनितीक दलहरुलाई आयोगले दिएको बन्दसूची संसोधनको समय अझै बाकी रहेकाले बैतडीबाट पनि समानुपातीकमा समेटीन सकिने नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य निर्मल पाण्डेले बताए । नेकपा एमालेले आयोगमा पेस गरेको ११० जनाको बन्द सूचीमा बाजुरा, बैतडी, डेडेल्धुरा र डोटी जिल्लाबाट उम्मेदवार समेटेको छैन् । यस्तै कैलालीबाट ४ कञ्चन्पुर, अछाम र बझाङबाट दुई दुई जना र दार्चुलाबाट एक जनाको नाम सिरफारिस गरेको छ ।












