बैतडीमा २५ औं स्थाप्ना दिवस अगाबै विभिन्न कार्यक्रम गर्दै सशस्त्र प्रहरी

बैतडी– बैतडीमा सशस्त्र प्रहरीले अगामी माघ ९ गते हुने सशस्त्र प्रहरीबल नेपालको २५ औं स्थापना दिवसको पुर्वसन्ध्यामै विभिन्न कार्यक्रम सुरु गरेको छ । विद्यालयमा शैक्षिक सामग्री, न्यानो लुगा, समुदाय र विद्यालयमा विभिन्न जनचेतनामुलक कार्यक्रम, सडक नाटक जस्ता विभिन्न कार्यक्रम संचालन गरिहरहेको छ ।

आगामी माघ ९ गते सशस्त्र प्रहरीबल नेपालको स्थापना दिवस मनाइने र त्यसअघि जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुवंरले बताए । सशस्त्र प्रहरी बल स्थापना दिवसको उपलक्षमा सशस्त्र गुल्म बैतडीले शुक्रबार देखि जिल्लाका विभिन्न ठाउमा कार्यक्रम सुरु गरेको हो । शुक्रबार सुर्नया गाउ“पालिका–७ स्थित भुवनेश्वर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ ।

आईतबार पुर्चौडी नगरपालिकाको गलैनाथ मावि वडगाउको विद्यालयमा लागु औषध सम्बन्धी जनचेतनामुलक कक्षा संचालन र एल्पी ग्यास आगो नियन्त्रण सम्वन्धी डेमो प्रस्तुत र पुस्तकालयमा नया पुस्तक सहयोग गरेको छ । सोमबार पुर्चौडीकै विणेश्वर मावि नकालीमा अध्ययनरत १८ दलित विद्यार्थीहरुलाई कम्बल वितरण गरिएको छ भने पुचौर्डीकै १० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको छ ।

यस्तै आज (मंगलबार) पुर्चौडीकै हाटमा रहेको डिलेस्वर माविमा लै¨िक हिंशा लागू औषध र बालबाविवाह सम्बन्धी सचेतनामुलक कक्षा संचालन संगै एल्पी ग्यास आगलागि सम्बन्धी डेमो समेत देखाइएको गुल्मपति कुवंरले बताए । सशस्त्र प्रहरी बल स्थापना दिवस सम्म जिल्लाका विभिन्न ठाउ“ र विद्यालयमा लागू औषध दुव्र्यसन नियन्त्रणका लागि सचेतनामूलक कक्षा सञ्चालन, सडक नाटक, विद्यालयमा खेलकुद सामग्री वितरण, २५ बर्ष जागिर अवधी पुगेका सशस्त्र प्रहरीलाई सम्मान, भुपू र सहिद सशस्त्र प्रहरीको परिवालाई भेटेर सम्मान गर्ने कार्यक्रम रहेका सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्