भुकम्प दिवस : बैतडी लगायत देशभर विभिन्न कार्यक्रम गरि मनाइयो

२ माघ, बैतडी– आज २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । बैतडी लगायत देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाइएको छ । यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर देशैभर दिवस मनाइएको हो ।

बैतडीमा पनि भुकम्प दिवसको अवसरमा गोठलापानी बजारबाट गढी सदरमुकामसम्म प्लेकार्ड सहित प्रभात ¥यालीको आयोजना गरिएको थियो । गढी चोकमा कोषसभाका साथै नेपाल रेडक्रम सोसाइतटी बैतडी शाखाले सचेतनामुलक डेमो समेत प्रदर्शन गरेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २स्२४ बजे गएको ८।४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए ।
ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो । यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार ६७० जनाको निधन भएको थियो भने सातलाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्