बैतडी –नेपाली कांग्रेस त्यागको घोषणा गरेका कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य नेता तेजबहादुर चन्दले प्रतिनिधि सभाको लागि बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । दलगत राजनीति त्यागेर स्वतन्त्ररुपमा जनताका मुद्धालाई बोकेर जनताको अपेक्षा अनुसार काम गर्नको लागि आफुले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराएको नेता चन्दले जानकारी दिए ।
दलगतरुपमा आफु प्रतिनिधि भए जनातको भवना अनुसार काम गर्न नसकिने भएकाले आफुले दलगत राजनिति त्याग गरेर स्वतन्त्र भएको उनले बताए । अहिले देसको आवस्यकता जरजर भएकाले आफू जस्ता नया“ मिसन भिजन भएका युवाको खावस्यकता रहेकाले आफु स्वतन्त्र भएर जनाता सामु जान लागेको नेता चन्दको भनाई छ ।
उम्मेदवारी दर्ता गराएपछि नेता चन्दले आफु जनताको ईच्चा आकंक्षा अनुसार अगाडी बढने भएकाले जनताले स्वतन्त्र रुपमा भयरहित वतावरणमा आफुलाई अमुल्य मत दिई विजय गराउने विश्वास व्यक्त गर्नु भयो । लामो समय सम्म समाजसेवा गर्दै आएको भए पनि पार्टीको सदस्य भएर वृहत्तर समाजसेवा गर्ने आंकक्षाका साथ दलको सदस्य भएको उनले बताए ।
उनले जिल्लाको कुनाकन्द्रमा खेलकुदको आयोजना गरि खेलकुदको विकास संगै लोपहुन लागेको कला संस्कृतीको जगेर्ना समेत गरेका दाबी गरे ।












