बैतडी : स्वतन्त्र उम्मेदवार तेजबहादुर चन्दको उम्मेदवारी फिर्ता, अब ११ जनाबिच प्रतिस्प्रधा

९ माघ, बैतडी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय, बैतडीका अनुसार चन्दले इमेल मार्फत उम्मेदवारीको निवेदन दिएका थिए । पछि रुजु गर्न प्रतिनिधि समेत पठाएपछि कार्यालयले उनको निवेदन सदर गर्दै ११ जना अन्तिम उम्मेदवारको सूचि प्रकाशन गरेको छ ।
जसमा १० राजनीतिक दलका प्रतिनिधि र १ जना स्वतन्त्र छन् । चन्द नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ती हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेन बहादुर चन्द, नेपाल मजदुर किशान पार्टीका नवराज कोइराला, नेकपा एमालेका दामोदर भण्डारी, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय, नेपाल कम्युनिष्ट पार्टीका (माओवादी) रामबहादुर कुँवरको नाम अन्तिम सूचिमा छ । यस्तै नेपाली कांग्रेसका चतुरबहादुर चन्द, आम जनता पार्टीका विशन सिंह बोहरा, नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका हरीमोहन भण्डारी र जनता समाजवादी पार्टीका आन सिंह भण्डारीकाे नाम अन्तिम उम्मेदवारको सूचिमा छ । यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तको पनि अन्तिम उम्मेदवारको सूचिमा नाम प्रकाशन भएको छ ।

आज अन्तिम सूचिमा भएका उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह समेत प्रदान गर्दै छ ।

प्रतिक्रिया छाेड्नुहाेस्