सुदूर पहाडमा हिमपात

बैतडी- लामो समयपछि बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हिमपात भएको छ । शुक्रबार रातिदेखि परेको हिउँदे झरीले यहाँ हिमपात गराएको हो ।
बैतडी जिल्लाको सतबाँझ–मुस्याचोर,खोड्पे, श्रीभावर, अनारखोली लगायतका क्षेत्रसहित आसपासका स्थानमा हिमपात भएपछि चिसो समेत बढेको छ ।

यस्तै डडेल्धुरा, दार्चुला, बझाङ लगायत सुदूरपश्चिमका जिल्ला कर्णाली प्रदेशका जिल्लाहरुमा पनि हिमपात भएको छ ।

लामो समयपछि परेको हिमपात कृषकहरूका लागि भने लाभदायक हुने अपेक्षा गरिएको छ । हिउँ पग्लिएपछि माटोमा चिस्यान कायम रहने भएकाले गहुँ, जौं, आलु लगायतका हिउँदे बालीका लागि फाइदा पुग्ने स्थानीय कृषकहरूले बताएका छन् ।

हिमपातका कारण बैडीमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरी तथा चिसोले विद्युत प्रसारण लाइनमा समस्या आएपछि केही क्षेत्र अन्धकारमा बस्न बाध्य भएका छन् । हिमपातका कारण जनजीवन केही प्रभावित भए पनि वातावरण कृषि र सुन्दरता लगायका क्षेत्रमा पनि यसले फाइदा पुगेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्