बैतडीमा तालिम सकेर घर फर्किरहेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

बैतडी- बैतडीमा तालिम सकेर घर फर्किरहेका एक निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका- ४ बस्ने ३२ बर्षिया प्रकाश चन्द रहेको प्रहरीले जनाएको छ ।

दशरथचन्द नगरपालिका–५ मा पर्ने क्रिकेट खेलमैदान तालिम सकेर राती ८ः ३० बजे घर फिर्कने समयमा खरकटे सल्लेरी भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिरमा उनी करिब २ सय देखी २ सय ५० मिटर तल खसेको प्रहरीले अनुमान गरेका छन् । उनको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्