बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु

धनगढी– प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका नेपाल प्रहरीका एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका–४ बबेत निवासी ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता सुरज सिंहका अनुसार उनी आज दिउँसो खाना खान घर गएका बेला अचेत अवस्थामा फेला परेका थिए।

उपचारका लागि जिल्ला अस्पताल बैतडी पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

सदरमुकाम नजिकै घर भएका महादेव ड्युटीका लागि घरबाटै आउने–जाने गर्थे। ड्युटी सकेर खाना खान घर गएको समयमा उनी अचेत भेटिएका थिए।

उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ, भने परीक्षण भोलि गरिने अस्पताल प्रशासनले जनाएको छ।

यसअघि माघ तेस्रो साता सोही वडाका ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको पनि भिरबाट लडेर मृत्यु भएको थियो।

प्रतिक्रिया छाेड्नुहाेस्