बैतडी – निर्वाचन कार्यालय बैतडीले जिल्ला स्थित रहेका संचारकर्मी संग निर्वाचन बारे अन्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।
संचारर्की संग मतदाता शिक्षा एवं निर्वाचन प्रचार प्रसारकाबारे अन्तरकृया र छलफल गरिएको निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताउनु भयो ।
अन्तरकृया र छलफलमा आसन प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिले सम्म कार्यालयले गरेका तयारी र संचारकर्मी र उम्मेदवारहरुले पालना गर्नुपर्ने आचारसंहिताको बारे जानकारी गराइएको थियो ।
निर्वाचनमा संचारकर्मीलाई सहजरुपमा सुचना सम्प्रेषण गर्नमा कार्यालयले सहयोग गरिदिन र मतगणनाको दिन मतगणनास्थल भित्र संचारकर्मीहरुलाई समाचार सम्प्रेषण गर्न छुट्टै डेस्कको व्यवस्थापन गरिदिन पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडूले निर्वाचन कार्यालयलाई आग्रह समेत गर्नु भयो ।









