बैतडीको पुचौँडीमा नेकपाका केन्द्रीय सदस्य र कांग्रेस प्रदेश कमिटी सदस्यले एमाले प्रवेश गरेका छन् ।
नेकपाका केन्द्रीय सदस्यद्वय दलबहादुर धामी र दीपेन्द्र कुँवर तथा नेपाली कांग्रेसका प्रदेश कमिटी सदस्य जनक बिष्टलगायत एमाले प्रवेश गरेका हुन्। उनीहरूसहित कांग्रेस र नेकपाका गरी २१४ स्थानीय कार्यकर्ताले पार्टी छाडेको एमालेको दाबी छ। यद्यपि, १६२ जनाको मात्र नाम सार्वजनिक गरिएको छ।









