बैतडी–जिल्ला अस्पताल बैतडीको प्रमुखमा डा. अरविन्द जोशी हाजिर भएका छन् ।
जिल्ला अस्पताल प्रदेश सरकार मातहत आएपछि अस्पतालले पहिलो पटक नवौं तहका स्थायी चिकित्सक डा. जोशीलाई मेडिकल सुपरिटेण्डेन्टको रुपमा पाएको हो । यसअघि जिल्ला अस्पताल बैतडी निमित्त मेडिकल सुपरिटेण्डेन्टको भरमा सञ्चालनमा रहेको थियो ।
जिल्ला अस्पतालमा हाजिर भएका डा. जोशीले अस्पतालको सेवालाई गुणस्तरिय, प्रभावकारी र विश्वसनीय बनाउनेतर्फ लागीपर्नेे बताउनु भयो । अस्पतालले प्रदान गर्ने सबै सेवालाई सेवाग्राहीमाझ गुणस्तरीय र सहजरुपमा सञ्चालन गरिने डा. जोशीले बताए ।
अस्पतालमा हाजिर भएका डा. जोशीलाई एक कार्यक्रमकाबीच स्वागत समेत गरिएको छ । जिल्ला अस्पतालमा डा. जोशीसहित चार जना बिशेषज्ञ कार्यरत रहेका छन् भने ६ जना अन्य मेडिकल अधिकृत कार्यरत रहेका छन् ।












