भालुको आक्रमणबाट अर्धचेत बैतडीकी चन्दको उपचारमा आर्थिक समस्या, सहयोगको अपिल

बैतडी– भालुको आक्रमणमा परि गम्भीर घाइते भएकी बैतडीकी सुनिता चन्दको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

फागुन ४ गते जिल्लाको मेलौली नगरपालिका–४ तिताबैकी चन्द भालुको आक्रणमा परेकि थिईन् ।

घर नजिकै विहान साढे ८ बजेतिर खानेपानीको पाइप जोड्ने क्रममा उनीमाथि भालुले आक्रमण गरेको देवर सागर बहादुर चन्दले बताए ।

चन्दको अनुहारमा चोट लागेको छ । स्वास्थ्य स्वयमसेविका समेत रहेकी उनको उपचारमा आर्थिक अभाव परेको परिवारले जनाएको छ ।

उनको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्