कञ्चनपुर– कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । लालझाडी गाउँपालिका–३ बल्मीका ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुनर्वास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका थिए ।
उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताए।







