बैतडी- बैतडीमा महिला मानव अधिकार रक्षकहरुको सुरक्षाका विषयमा छलफल गरिएको छ । महिला मानव अधिकार रक्षकहरुको सुरक्षा र स्याहार सञ्जाल परियोजनाको आयोजनामा गरिएको समुन्वयात्मक बैठकमा अधिकारकर्मिहरुले छलफल गरेका हुन् ।
छलफलमा सहभागिहरुले महिला मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मि तथा रक्षकहरुले समाजमा विभिन्न किसमका समस्याहरु भोग्दै आएको बताएका छन् । सामाजिक अपमान, नैतिक दबाव तथा कमजारी कोट्याई विभिन्न माध्यमबाट समस्या सृजना हुने गरेको उनिहरुको भनाई छ । कार्यक्रममा सहभागी महिला अधिकारकर्मि कल्पना रानाले भन्नुभयो, ‘हामीलाई समाजमा घर विगार्ने महिला, नेता, घर भडुवा लगायतका अपमानजनक शब्दहरुले हेप्ने गरिन्छ ।’
कार्यक्रममा दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीले महिला मानव अधिकार रक्षकहरुले आफुले भोगका समस्या सहेर बस्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले पनि यसिरी दुव्र्यवहार भोगेकी छु । तर हामीजस्तो अधिकारकर्मिले सहेर बस्नु हुँदैन ।’
अर्जेन्ट एक्सन फण्डको सहयोगमा दलित समाज विकास मञ्च बैतडीले कार्यक्रमको आयोजना गरेको थियो । अधिकारकिर्महरुको प्रतिकृयाका आधारमा महिला मानव अधिकार रक्षकहरुको अवस्था र चुनौतीका बारेमा यस परियोजनाले रिसर्च गर्ने दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो ।










