बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया

८ चैत्र बैतडी- काटेको रुख ढलेर खुट्टामा परेपछि दोगडाकेदार गाउँपालिका– ३ का एक पुरुषको घुँडामुनिको दुबै हड्डी बाँचियो । घटनापछि तुरुन्तै जिल्ला अस्पतालको इमेरजेन्सिमा पुगेका उनलाई बैतडी अस्पतालमै उपचार हुने आशा थिएन् । उनलाई लागेको थियो, धनगढी वा भारत रेफर गर्छन्, तर त्यसो भएन् ।

बैतडी अस्पतालका हाडजोर्नि विषेशज्ञ डाक्टर दिपेन्द्र भण्डारी र जनरल फिजिसियन अरविन्द जोशी लगायतका विशेषज्ञ डाक्टरहरुको टोलिले उक्त शल्यक्रिया बैतडी अस्पतालमै गर्ने र त्यो पनि सानो चिरा पारेर (सिआरआइएफ) प्रविधिबाट गर्ने हिम्मत गरे । सानो चिरा पारेर (क्लोज रिडक्सन एण्ड इन्टरनल फिक्सेशन विथ आइएमआइएल नलिङ) गरिने शल्यक्रिया बैतडी अस्पतालका लागि पहिलो शल्यक्रिया थियो । यस अघि चिरेर रड राख्ने गरिन्थो । जसका कारण विरामीलाई धेरै समयसम्म हिडडुल गर्न समस्या हुन्छ ।

सानो चिरा पारेर गरिने शल्यक्रिया सफल भएपछि विरामीलाई त राहात भयोनै अबका दिनमा समेत यस्तो प्रविधिबाट बैतडी अस्पतालमै शल्यक्रिया गर्न सकिन्छ भन्ने उदाहरण दिन पाउँदा खुसि लागेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर अरबिन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो टिमको मेहेनतले अप्रेशन सफल भयो, एकतर्फ बैतडी अस्पतालमै यस्तो अप्रेशन गर्न सकिन्छ भन्ने उदाहरण दिन साक्यौँ, अर्को तर्फ विरामीलाई सहज भयो ।’

सोही शल्यक्रियाका लागि अन्य सरकारी असप्तालहरुमा ७० देखि ८० हजार सम्म लाग्ने गरेको भएपनि बैतडी अस्पतालमा ५० हजार भन्दा कममै शल्यक्रियाको काम सम्पन्न भएको उहाँको भनाई छ । उहाँका अनुसार निजि अस्पतालहरुमा यस्तै खालको अप्रेशन गर्न डेढ लाख सम्म लाग्ने गरेको छ । उहाँले भन्नुभयो, ‘अझ यसमा बिरामी रेफर भएर धनगढी तथा अन्य ठाउँमा जादा लाग्ने भाडा समेत बचेको छ ।’ जिल्ला अस्पतालमै नागरिकहरुलाई यस्ता सेवाहरु दिन सके नागरिकमा सरकार र अस्पतालप्रति विश्वास बढुनुका साथै आर्थिक बोझ समेत कम हुने उहाँको भनाई छ ।

कुनै समय डाक्टर पाउनै मुस्किल हुने बैतडी अस्पतालमा अहिले ४ विषेशज्ञ सहित १० जना डाक्टरहरु कार्यरथ छन् । तर १६ वेडको दरबन्दीमा ५० वेडसम्मको सेवा दिनु परेकोले अस्पताललाई आर्थिक व्ययभार भने बढी भएको उहाँको भनाई छ । विगतका वर्षहरुदेखिनै जिल्ला अस्पताल बैतडीलाई १५ बाट ५० सैय्या स्तरोन्नती गर्नुपर्ने माग भएपनि अझै सम्म ५० सैय्याको दरबन्दी स्वीकृत भएको छैन् । प्राय सबै राजनीतिक दलका नेताहरुले विगत वर्षहरु देखि बैतडी अस्पताल स्तरोन्नतीका लागि आश्वासन मात्रै बाँढेको नागरिकहरुको गुनासो छ ।

सरकारले ५० सैय्याको दरबन्दी स्वीकृत गरी कर्मचारी र उपकरण व्यवस्थापन गरे बैतडी अस्पतालबाटै धेरै किसमको उपचारात्मक सेवा दिन सकिने अस्पताल प्रमुख जोशीले बताउनुभयो ।

भिडियाे हेर्नुहाेस !

प्रतिक्रिया छाेड्नुहाेस्