नगर स्थापना दिवसको अवसरमा कृषि एम्बुलेन्स र माटो परिक्षण प्रयोगशालाको उद्घाटन

२४ चैत्र, बैतडी– आज चैत्र २४ गते बैतडीको पहिलो नगरपालिकाका रुपमा स्थापना भएको दशरचथन्द नगरपालिका स्थापना भएको दिन । नगरपालिका स्थापना भएको ३० वर्ष पुरा भएको अवसरमा आज दशरथचन्द नगरपालिकाले स्थापना दिवस समेत मनाएको छ ।

नगर स्थापना दिवसको अवसरमा दशरथचन्द नगरपालिकाले तीन वटा महत्वपुर्ण सेवा सुरु गरेको छ । नगर क्षेत्रभित्रका विषेश गरी कृषक तथा आम सर्वसाधारणसंग प्रत्यक्ष जोडिएका माटो परिक्षण प्रयोगशाला, कृषि एम्बुलेन्स र शव वहान सेवा सुरु गरिएका हुन् ।

माटो परिक्षण प्रयोगशाला
दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसको अवसरमा माटो परिक्षण प्रयोगशालाको सेवा सूचारु गरेको छ । नगर क्षेत्रभित्र रहेका किशानहरुलाई माटो परिक्षण गरि उपयुक्त कृषि खेती गर्न सहज होस भन्ने उद्देश्य सहित माटो परिक्षण प्रयोगशाला सेवा सुरु गरिएको हो । जसले यहाँका किशानहरुलाई आफ्नो खेतको माटो परिक्षण गरि सोही अनुकुलको खेती गर्न सहज हुने विश्वास गरिएको छ ।

कृषि एम्बुलेन्स
नगरपालिकाले आज सुरु गरेको अर्को सेवा हो कृषि एम्बुलेन्स । कृषि एम्बुलेन्स मार्फत नगरपालिकाका किशानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु ढुवानीका लागि सहयोग गर्ने छ । जसले यहाँका किशानहरुले उत्पादन गरेका कृषिवस्तुहरुलाई बजारीकरण गर्न समेत सहज हुने छ भने व्यवसायिक किशानहरुलाई यसले राहात प्रदान गर्ने विश्वास गरिएको छ ।

शव वहान सेवा
विगतमा सवारीसाधन भाडामा लिएर निशुल्क शव वहानको सेवा दिदै आएको नगरपालिकाले अब आफ्नै शव वहान खरिद गरी सेवा दिने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुले आफन्तको मृत्यु भएपछि मसानघाटसम्म पु¥याउन निकै सास्ती भोग्नुपरेको तथा निजि सवारी साधनहरु भाडामा लिदा अत्याधिक चर्को मुल्य तिर्नुपर्ने समस्या यसले कम गर्ने छ । सामान्य भाडा भन्दा चारगुणा सम्म बढी शुल्क लिएर मात्र सार्वजनिक सवारीसाधनहरुले शव लैजाने गरेका थिए । नगरपालिकाले शव वहानले आर्थिक रुपमा विपन्न नागरिकलाई निशुल्क तथा अन्यलाई समेत सहुलियत दरमा शव व्यवस्थापन गर्न सहयोग पुग्ने यसबाट अपेक्षा गरिएको छ ।

आफु निर्वाचित भएर आएपछि नागरिकसामु गरेका प्रतिवद्धताहरु पुरा गर्ने काम अन्तर्गत यी सेवाहरु आज नगर स्थापना दिवसको अवसर पारेर सुरु गरिएको नगरप्रमुख पुस्करराज जोशीले बताउनुभयो । गएको वर्ष नगरपालिकाले नगरबस सेवा संचालन गरेको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्