उदयदेव सहकारीको २८ औँ स्थापना दिवस : अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण

२१ बैशाख, बैतडी- उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको बैतडी शाखाले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा अनाथ विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैतडी शाखाले संस्थाको स्थापना दिवसको अवसर पारेर शाहिलेकस्थित विरेन्द्र माविमा अध्ययरथ अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

दिवसका अवसर पारेर २० जना अनाथ बालबालिकाहरुलाई कापी र कलम वितरण गरिएको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका बैतडी शाखा प्रबन्धक नरेन्द्र सिंह ऐरीले बताउनुभयो । मुख्य कार्यालय, कञ्चनपुरको महेन्द्रनगरमा रहेको संस्थाका सुदूरपश्चिमका ११ शाखाहरु छन् । दिवसकाे अवसरमा अन्य शाखाहरूले पनि विभिन्न कार्यक्रम गरेका छन् ।

संस्थाले विगतमा पनि विद्यालयहरुमा हाँजीरीजवाफ खेलकुद लगायतका अन्य क्रियाकलाप गर्दै आएको प्रबन्धक ऐरीले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्