प्रहरी र किशोर–किशोरीबिच प्रविधि सुरक्षा सम्बन्धि अन्तरक्रिया

१४ जेठ, बैतडी- बढ्दो प्रविधिको प्रयोगले हुने साईबर अपराधबाट बच्ने उद्देश्य सहित प्रहरी र किशोरीहरुबिच प्रविधि सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिलत समाज विकास मञ्चको आयोजनामा बैतडीको मेलौली नगरपालिका– २ स्थित सलेना स्वास्थ्यचौकीको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो

कार्यक्रममा इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरिक्षक इन्द्रराज भट्टले साइबर अपराध, साइबर सुरक्षा र प्रविधिको प्रयोगका बारेमा अभिमुखिकरण गराएका थिए । विषेशगरि किशोर–किशोरीहरु प्रविधिको प्रयोगमा सजक नभएका कारणले साइबर सुरक्षाको खतरा बढीरहेको उहाँको भनाई थियो ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगले साइबर अपराधको चुनौति थपेको उहाँको भनाई छ । जसका लागि सामाजिक सञ्जालको प्रयोग गर्दा सजक भएर गर्न जरुरी गरेहको भट्टको भनाई छ । आफ्नो सामाजिक सञ्जालको आइडी, पासपोर्ट र ओटिपी लगायतका सुरक्षाजन्य जानकारीहरु कसैलाई पनि सेयर गर्नु नहुने उहाँको भनाई थियो ।

दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रम संस्थाका कार्यक्रम संयोजक सुरेश सेरालाले संचालन गरेका थिए । कार्यक्रममा मेलौली नगरपालिकाका ४ विद्यालयका एक–एक जना शिक्षक र चार–चार जना किशोर किशोरीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक सुरेश सेरलाले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्