बैतडी : सामुदायिक विकास केन्द्र डोटीले बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ बालबालिका सवाल तथा साझेदारी क्षेत्र पहिचान तथा बजेट विनियोजन विषयक अन्तरक्रिया बैतडीमा सम्पन्न गरेको छ ।
स्वडेन इस्भे्रज, सेभद चिल्डर्न र नेपाल सरकार संगको साझेदारीमा सामुदायिक विकास केन्द्र डोटीले बैतडी जिल्ला स्थित स्थानीय तहका गाउँपालिका अध्यक्ष उपाध्यक्ष, नगरप्रमुख उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, बालकल्याण अधिकारीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
अहिले स्थानीय तहले निती कार्यक्रम र बजेट बनाउने समयलाई मध्य नजर गरि उक्त निती तथा कार्यक्रममा बालबालिकाको हकहित संक्षण सम्बद्धन का लागि जिल्ला स्थित सम्पूर्ण स्थानीयतहले आवस्यक निती तथा कार्यक्रममा बजेट विनियोजनमा सहजिकरण गर्ने र आवस्यकताका अधारमा स्थानीय तहसंग सस्थाले साझेदारी गर्ने उद्देशले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको सस्थाका बालअधिकार संयोजक यकराज बडूले बताउनु भयो ।
सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले समग्र सुदूरपश्चिम र बैतडी जिल्लाको बालबालिकाको अवस्थाको बारेमा जानकारी दिनुका साथै अगामी दिनमा बालबालिकाको क्षेत्रमा के कसरी स्थानीयतह संग साझेदारी गरेर काम गर्न सकिन्छ भन्ने बारे प्रष्ट पारेका थिए ।
लगानीको दृष्टीकोणले बालबालिकाको निम्ति बार्षिक तथा अवाधिक बजेटको महत्वपूर्ण हिस्सा हुने भएकाले स्थानीय तहले पनि यसतर्फ ध्यान दिनु जरुरी रहेको उनले बताए । जिल्लाका दशवटै स्थानीय तहले बालबालिकाको क्षत्रमा कामगर्न ईच्छा जाहेर गरेर संस्था संग साझेदारी गर्न तयार भए सामुदायिक विकास केन्द्र सहयोगको लागि तयार रहेको समेत प्रतिवद्धता जाहेर गरे ।

बैतडीका केहि स्थानीय तह बाहेक अरुमा बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गर्ने, बाल अधिकार समिति गठन गर्र्ने, बालकोष स्थापना लगायतका कार्यहरु नगरेको र स्थानीय तहको निति निर्माण तथा बजेट तर्जुमा प्रक्रियमा बालबालिकाहरुको सहभागिता नरहेको पाइएको छ ।
बालश्रम र बालविवाह मुक्त नगरपालिका घोषणाको लागि दसरथचन्द नगरपालिकाले विगतका बर्षदेखि आवस्यक गृहकार्य गरिरहेको भएपनि अहिले सम्म बालश्रम र बालविवाह मुक्त नगरपालिका घोषणा गर्न नसकेकाले यसको लागि संस्थासंग आवश्यक साझेदारी गर्न तयार रहेको दसरथचन्द नगरपालिकाका सूचना अधिकारी एवम बालकल्याण अधिकारी विनोद चन्दले बताए ।
यस्तै मेलौली नगरपालिका लगायत जिल्लामा युवाहरु लागु औषध कुलतमा फस्दै गएकाले यसलाइ नियन्त्रण गर्न र बालविवाह न्युनिकरणको लागि संस्था संग नगरपालिका सहकार्य गर्न तयार रहेको मेलौली नगरपालिकाका नगरप्रमुख भिम चन्दले बताए ।










