बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं. ३ गोयली पैरा, लम्सिला मा चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते भएका छन् । चितुवाको आक्रमणबाट स्थानीय १२ वर्षीय बालक दिपेश भट्ट घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार आइतबार बिहान दुईवटा बच्चासहित देखिएको चितुवाले अचानक आक्रमण गर्दा बालकको टाउकोमा गम्भीर चोट लागेको छ।घटनालगत्तै स्थानीयवासी र नेपाल प्रहरीको टोलीले घाइते बालकको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्‍याएका थिए। त्यहाँ प्राथमिक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

बस्तीनजिकै निरन्तर चितुवा देखिन थालेपछि सो क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्। वन क्षेत्र आसपास आवतजावत गर्दा विशेष सावधानी अपनाउन र सम्भावित जोखिम नियन्त्रणका लागि तत्काल कदम चाल्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया छाेड्नुहाेस्