बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वय तथा सहजिकरणमा नेपाल सरकार गृहमन्त्रालय राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनले आपतकालिन कार्य संचालन केन्द्रको क्षमता विकास र विपद संवेदनशिल सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
अभिमुखीकरणमा आपतकालिन कार्य संचालन केन्द्र संचालन कार्यविधी २०८२ बारे छलफल र जानकारी, स्थानीयस्तरमा भएका विपदका घटनालाई कसरी अभिलेखन गर्ने, राहात उद्धार बारे जानकारी गराएको थियो ।
राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव गोमादेबी ढकालले विपदका घटना घटदा स्थानीयतहले तुरुन्तै विपदका घटनलाई अभिलेखिकरण नगर्दा र विपद प्रभावितलाई राहात सम्बन्धि सहि जानकारी नदिनसक्दा पिडीतले उचित राहात नपाएको बताए । अगामी दिनमा यस्तो नहोस भन्ने उद्देश्यले अभिमुखिकरण गरिएको बताए ।
अभिमुखीकरणमा स्थानीयततहका प्रमुख र विपद फोकल व्यक्तिको उपस्थिती रहेको थियो । विपद आउन सक्छ भन्ने पुर्वानुमान गर्न सकिने ठाउँमा व्यक्तिले घर निर्माण गर्दा स्थानीयतहले त्योलाई विपद सम्वन्धि जानकारी गराएर रोक्न नस्कदा विपदमा बढी धनजनको क्षती हुने भएकाले अगामी दिनमा स्थानीयतहले यसबारे सचेत भएर यस्ता घटना रोक्नुपर्ने प्रमुख जिल्ला अधिकारी डा. डिजन भटराईले बताए ।











