दसरथचन्द नगरपालिकामा भवन निर्माण आचारसंहिता सम्बन्धि अभिमुखीकरण

बैतडी— बैतडीको दशरथचन्द नगरपालिकाले वडा पदाधिकारी र कर्मचारीहरुलाई घर नक्सापास सम्बन्धि (भवन निर्माण आचारसंहिता) तथा जग्गा बर्गीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाले जग्गा बर्गिकरणको काम गरिरहेकाले यस सम्बन्धी जनतालाई थाहा नभएकाले अहिले सम्म घर नक्सापास तथा जग्गा बर्गीकरण गर्दा विभिन्न समस्या आइरहेकाले यस सम्बन्धी सुसुचित गराउन कर्मचारी र वडाका पदाधिकारीलाई सहज होस भन्ने उद्देशले अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा जग्गा बर्गीकरण गर्दा हुने फाइदा, करसी बर्गीकरण गरिन्छ, भवन निर्माण सम्बन्धी नेपाल सरकारले र स्थानीयतहले निर्माण गरेका विभिन्न नियम कानुन र कार्यविधीको बारेमा जानकारी दिइएको थियो ।

भूमीहिन दलित, भूमीहिन सुकुम्बासी पहिचान तथा अव्यवस्थित बसोबासीको लागी जग्गा बर्गीकरण गर्दा केकेलाई आधार मानेर बर्गीकरण गर्न सकिन्छ भन्ने बारे नापी कार्यालय बैतडीका नापी अधिकृत विनोद भट्टले अभिमुखीकरण गरेका थिए ।

यस्तै नगरपालिकाकाले भवन निर्माण सम्बन्धि निर्माण गरेका आंचारसहिता बारे नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर धनुस भट्टले जानकारी गराएका थिए । यस्तै अभिमुखीकरण कार्यक्रमले वडाका पदाधिकारी र कर्मचारीलाई धेरै कुराको जानकारी गराएकाले स्थानीयलाई यो सम्बन्धि जानकारी गराउनु हुन सबैलाई नगरप्रमुख पुष्करराज जोशीले सबैलाई आग्रह गरे ।

प्रतिक्रिया छाेड्नुहाेस्