एजेन्सी- हमासका प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा मारिएका छन् । हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानमा उनको मृत्यु भएको पुष्टि गरेको हो। उनी ६२ वर्षका थिए।
हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो। तर इजरेलले उक्त घटनाको जिम्मेवारी लिइसकेको छैन।
हानियाको मृत्युको खबर लेबननमा इजरेली आक्रमणमा हिज्बुल्लाहका एक वरिष्ठ सैन्य नेता मारिएको केही घण्टाभित्रै आएको हो। हानियाका एक अङ्गरक्षकको पनि उक्त घटनामा मृत्यु भएको इरानको रेभलूशनरी गार्ड कोरले जनाएको छ।

रुस र टर्कीले हानियामाथि भएको साङ्घातिक आक्रमणको निन्दा गरेका छन्। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्रीले हानियाको मृत्युबारे कुनै टिप्पणी नगरी मध्यपूर्वमा द्वन्द्व चर्किन्छ भन्ने आफूलाई नलागेको टिप्पणी गरेका छन्।
गाजामा नियन्त्रण कायम गरेको प्यालेस्टिनी समूह हमासले ूछलपूर्वक भएको यहुदी आक्रमणमा परेर हानियाको मृत्यु भएको हो।
हमासको राजनीतिक विभागका सदस्य मुसा अबु मार्जुकले उक्त आक्रमणलाई ‘कायर कृत्यू को सङ्ज्ञा दिँदै त्यसको जबाफ दिइने बताएका छन्। हमासका अर्का नेता समी अबु जुहरीले हमास आफ्नो पथमा चलिरहनेू बताएका छन्।
इजरेली अतिक्रमणकारीले हानियाको हत्या गर्नु ठूलो उक्साहट हो, जसको उद्देश्य हमासको चाहना र हाम्रा जनताको चाहना भत्काउनु र झुटा लक्ष्य प्राप्त गर्नु हो,’ समी अबु जुहरीले समाचारसंस्था रोएटर्ससँग भने।
प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले पनि हमास नेताको हत्याको निन्दा गरेका छन्। उनले त्यसलाई कायर कृत्य र खतरनाक घटना भनेका छन्।

उनले प्यालेस्टिनीहरूलाई ूइजरेली अतिक्रमण भए पनि एकजुट, धीर र कटिबद्धू रहन आग्रह गरेका छन्। अब्बासको नेतृत्वमा रहेको प्यालेस्टिनी प्राधिकरणले वेस्ट ब्याङ्कमा शासन गर्छ। तर त्यहाँ वस्तुतः इजरेलको नियन्त्रण छ।
समाचारसंस्था एएफपीका अनुसार इरानको रेभलूशनरी गार्ड कोरले उक्त घटनाू कसरी भयो भन्ने स्पष्ट नभएको तर छानबिन भइरहेको जनाएको छ।
हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेश्कियानले पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान गएका थिए। उक्त समारोह मङ्गलवार भएको थियो।
हानियालाई लक्ष्य गरेर भएको घातक आक्रमणबारे इजरेलले आधिकारिक टिप्पणी गरिसकेको छैन। गत वर्ष अक्टोबर ७ मा १,२०० जनाजतिको मृत्यु हुने गरी हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि इजरेलले हमासलाई निमिट्यान्न पार्ने उद्घोष गरेको थियो। यद्यपि एक इजरेली मन्त्रीले सामाजिक सञ्जाल एक्सु मा लेख्दै हानियाको मृत्युका कारण विश्व राम्रो ठाउँ बन्ने जनाएका छन्।
ूसंसारबाट फोहोर हटाउने यो उपयुक्त तरिका हो, एमिचे एलियाहूले लेखेका छन्। उनले अरू काल्पनिक शान्ति वा आत्मसमर्पण सम्झौताू र ूयी शत्रुहरूमाथि अरू दयाू गर्नु नहुने तर्क गरेका छन्।
उनी अतिदक्षिणपन्थी पार्टीका नेता हुन्।

उनको अर्को नाम अबु अल अब्द हो। उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो।
उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए। इजरेल(गाजा युद्धका क्रममा उनी कतारमा बस्दै आएका थिए।
सन् १९८९ मा इजरेलले उनलाई तीन वर्ष जेलमा राखेको थियो।
सन् १९९२ मा उनलाई हमासका धेरै नेताहरूसँगै इजरेल र लेबनन बीचको ‘नो(म्यान्स् ल्यान्ड’को रूपमा रहेको मार्ज अल(जुहुरमा निर्वासनमा पठाइयो।
आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किएका थिए।
सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए। जसले उनको राजनीतिक हैसियत उच्च बनाइदियो।
हमासले उनलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो।
तर त्यसको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई पदमुक्त गरेका थिए।
इज्ज अल दिन अल कसम ब्रिगेडले गाजा क्षेत्र कब्जा गरेपछि अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरू निष्कासन भएसँगै उनले पनि पद गुमाएका थिए। त्यस क्रममा एक सातासम्म चलेको भिडन्तमा धेरै मानिस मारिएका थिए।
हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे। उनले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताएका थिए।

त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपील पनि गरेका थिए। सन् २०१७ मा हमासको राजनीतिक विभाग प्रमुखमा निर्वाचित भएका थिए।
उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो।
मध्यपूर्वमा अब के होला
जोर्जटाउन यूनिभर्सिटीमा मध्यपूर्वसम्बन्धी विषयका प्राध्यापक नदिर हाशेमीले हमास नेता इस्माइल हानियाका कारण सो क्षेत्र पूर्ण स्तरको युद्ध फैलिने सम्भावनाको सँघारमा अभूतपूर्व रूपमा पुगेको टिप्पणी गरेका छन्। बीबीसीसँग कुरा गर्दै उनले भने, ‘यो ठूलो घटना हो।’
हानियाको ज्यान लिने गरी भएको आक्रमणको प्रभाव लेबननमा पनि पर्ने उनको ठम्याइ छ। ू।।।किनभने केही घण्टाअघि मात्रै इजरेलले हिज्बुल्लाहका एक वरिष्ठ नेताको दक्षिणी बेइरुतमा हत्या गर्ने प्रयास गरेको थियो। इरान र हिज्जबुल्लाहले तनाव बढाउन नचाहेको ठानिएको थियो।ू
तर हानियाको हत्याले त्यस्तो आकलनलाई उल्ट्याइदिएको उनको भनाइ छ। अब इरानले यो द्वन्द्वलाई चर्काउने सबै निहुँ पाएको छ, उनले भने।










