डोटी– डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको पुर्वीचौकी गाउँपालिका–६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले बताउनुभयो ।
सोही ठाउँको घोत्नेगडा सामुदायिक वनमा शिकार खेल्न गएका थापाको शुक्रवार बिहान गोली लागेर घटना स्थलमै ज्यान गएको भट्टराईले बताउनुभयो ।
घटनाको जारी रहेको प्रहरीले जनाएको छ ।











