बझाङ– बझाङमा सर्पले डसेर एक महिला घाइते भएकी छन् ।
जिल्लाको जयपृथ्बी नगरपालिका–३ की ४० वर्षीया कृष्णमती खड्कालाइ खेतबारिमा घाँस काट्ने क्रममा सर्पले डसेर घाइते भएकी प्रहरीले जनाएको छ ।
घाइते खड्काको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।










