डडेल्धुरामा जीप दुर्घटना

डडेल्धुरा– डडेल्धुरामा जीप दुर्घटना भएको छ । जिल्लाको अमरगढी नगरपालिका–५ पीपलचौतारामा जीप दुर्घटना भएको हो ।

बसपार्कबाट गन्यापधुरा गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो । जीपमा चालकसहित ८ जना सवार रहेकोमा २ जना घाइते भएको र बाँकी ६ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एकजना गम्भीर अवस्थामा रहेका छन् । चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।

1 Comments Text
  • qdniakfziq says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Muchas gracias. ?Como puedo iniciar sesion?
  • प्रतिक्रिया छाेड्नुहाेस्