बैतडी– बैतडीका मानबहादुर बिष्टको मलेसियामा निधन भएको छ । जिल्लाको सुर्नया गाउँपालिका–२ ग्वानीका बिष्ट शुक्रवार काम सकेर साझँ कोठामा फर्केका थिए। उनको एक्कासी टाउको दुखेपछि साथीहरुले अस्पताल लगेका थिए ।
मलेसियामै रहेका पुर्णबहादुर बिष्टका अनुसार उपचारको क्रममा राति १० बजे मानबहादुरको मृत्यु भएको हो । मलेसियाको अजम अर्मदा सेक्युरिटी कम्पनिमा कार्यरत मानबहादुरको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ । आज आधा दिन कार्यालय खुला हुने भएका कारण पोस्टमार्टम हुन सकेको छैन ।
मलेसियामै रहेका पुर्णबहादुर बिष्टका अनुसा आइतवार पनि विदा भएका कारण सोमवार मात्रै पोस्टमार्टम गरिने र अस्पतालले मृत्यु प्रमाणपत्र दिए पश्चात शव बुझिने छ ।
त्यसपछि मात्रै शव नेपाल ल्याउने प्रक्रिया शुरु हुने बताइएको छ । परिवारले उनको शव चाँडै नेपाल ल्याउने वातावरण मिलाउन आग्रह गरेका छन् ।










