बझाङ– बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रसाद जोशीको पहिरोमा परेर मृत्यु भएको हो ।
वडाध्यक्ष सुरेशबहादुर जेठाराका अनुसार आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा काट्न गएका उनी एक्कासी ढुंगामुडा सहितको सुख्खा पहिरो जाँदा बेपत्ता भएका थिए ।
जोशी आज खोजतलास गर्दा जंगलमा मृत अवस्थामा भेटिएका वडाध्यक्ष जेठाराले बताउनुभयो ।










