बैतडीका आचार्य दमाईलाई धनगढी उप–महानगरपालिकाले जागीर दिने

धनगढी– बैतडीका आचार्य कृष्ण बहादुर दमाइलाई धनगढी उपमहानगरपालिकाले जागिर दिने भएको छ ।

आज आचार्यलाई धनगढी उपमहानगरपालिकाले सम्मान गरेको गर्दै जागिर दिने जनाएको छ ।

शनिवार एक कार्यक्रमको आयोजना गरी उपमहानगरले आचार्य दमाईलाई सम्मान गरेको हो ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आचार्य दमाईलाई सम्मान पत्र र एक लाख ५१ हजार नगदसहित सम्मान गरेका हुन् ।

आचार्य दमाईलाई बाजागाजासहित नगर सभा हलमा नगर प्रमुख हमाल र कार्यपालिका सदस्य र कर्मचारीहरूले स्वागत समेत गरेका छन् ।

आर्थिक अभाव खेपिरहेका दमाइलाई धनगढी उपमहानगरपालिकाले जागीर दिने भएको छ । नगर प्रमुख हमालले दमाइले जागीर पाए जीवनयापन गर्न सहज हुने बताएकाले काम दिने बताउनुभएको हो ।

नगर प्रमुख हमालले शिल्पी समुदायबाट आचार्य उपाधी हासिल गरेका दमाइलाई आर्थिक समस्या भएको थाहा पाएर सम्मानसहित नगद सहयोग गरिएको बताउनुभयो ।

उहाँले आचार्य दमाईले चाहेको बखत धनगढी उपमहानगरपालिकामा जागीर गर्न आउन आग्रह गर्नुभएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका दमाइले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन्। शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हुन् ।

सम्मान कार्यक्रममा बोल्दै आचार्य दमाइले सनातन धर्मको रक्षाका लागि सबै समुदायले विभेद त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले धनगढी उपमहानगरपालिकाले स्थानीय सबैभन्दा पहिले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सनातन धर्मको रक्षाका लागि काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्