बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ ।
सुर्नया गाउपालिका–८ की १८ वर्षीया सविना महराको मृत्यु भएको हो । सुर्नया गाउँपालिका–८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको जिप दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गम्भीर घाइते भएकी सविनालाई थप उपचारको लागि धनगढी लगिएको थियो ।
उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जिप दुर्घटनामा घाइते अन्य चार जना उपचारपछि घर फर्किएका छन् ।
चालकसमेत रहेका सुर्नया गाउँपालिका–७ का लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महराको डडेल्धुरामा उपचारपछि घर फर्किएका हुन् ।
कच्ची सडकमा दुर्घटना भएको जिप सडकबाट २० मिटर तल खसेको थियो ।










