दार्चुला– दार्चुलामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप मालिकार्जुन गाउँपालिका–७ धामीगडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
बिहिवार साढे १२ बजेको समयमा जिप अनियन्त्रित भइ नालीमा खस्दा जिपमा सवार ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भएको छ ।
सबै यात्रुहरूको उपचारपछि घर फर्किएका दार्चुला प्रहरीले बताएको छ ।










