डडेल्धुरा– डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
बिमला बुधवार मृत अवस्थामा फेला परेकी थिइन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।










