कञ्चनपुर– कञ्चनपुरमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ।
जिल्लाको बेलौरी नगरपालिका–२ का ३२ वर्षीय तिलक पाण्डेले पुनर्वास नगरपालिका–१ बलभद्र बस्तीका ३० वर्षीय प्रेम तामाङमाथि खुकुरी प्रहार गरेका हुन् ।
एक होटलमा खाजा खानेक्रममा दुई जनाबीच आपसमा विवाद हुँदा तिलकले प्रेममाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
तिलक सोहि होटलमा काम गर्छन भने तामाङ खाजा खान गएका थिए । खुकुरी प्रहारबाट घाइते भएका तामाङको पुनर्वास–३ स्थित बिएन पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने पाण्डेलाई भारततर्फ जाँदै गरेको अवस्थामा सीमानाका नजिकैबाट इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाढी बढाएको छ ।










