डडेल्धुराका एक जना कञ्चनपुरमा मृत फेला

डडेल्धुरा– डडेल्धुराका एक पुरुष कञ्चनपुरको सडक छेउमा मृत फेला परेका छन् ।

डडेल्धुराको आलीताल गाउँपालिका–७ घर भई हाल कञ्चनपुरको बेदकोट नगरपालिका–३ बस्दै आएका ४१ वर्षीय जोगी महरा बिहीवार मृत अवस्थामा फेला परेका हुन् ।

महरा कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्का स्थित भित्रि सडक खण्डको छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्