सशस्त्र प्रहरी बल बैतडीले आफ्नो छैठौँ स्थापना दिवस मनायो

बैतडी– सशस्त्र प्रहरीबल नेपाल नम्बर ५१ हेडक्वाटर बैतडीले आफ्नो छैठौँ स्थापना दिवस मनाएको छ ।

सोमबार जिल्ला सदरमुकाम बैतडीस्थित गढीमा रहेको सशस्त्र प्रहरी बल नं. ५१ हेडक्वाटरले एक औपचारीक कार्यक्रमको आयोजना गर्दै आफ्नो छैठौँ स्थापना दिवस मनाएको हो ।

सो कार्यक्रमका प्रमुख अतिथि नम्बर ७ वैद्यनाथ बाहिनि मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धव बहादुर न्यौपाने रहनुभएको थियो । केक कटेर सो स्थापना दिवस समापन गरिको हो ।

उक्त कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । यस्तै उत्कृष्ट कार्य गर्नेहरुलाई प्रसंशा पत्र समेत दिइएको थियो ।
यस्तै प्रमुख अतिथि न्योपानेलाई मायाको चिनो हस्तान्त्रण गरिएको थियो ।

सो कार्यक्रम सशस्त्र प्रहरीबल नेपाल नम्बर ५१ हेडक्वाटरका डीएसपी लक्ष्मण सिह थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया छाेड्नुहाेस्