गाउपालिका अध्यक्ष चन्दले गरे मन्दिरमा निशुल्क सौर्य उर्जा जडान

पन्चेस्वर गाउपालिका अध्यक्ष गोरख बहादुर चन्दले ब्यक्तिगत लगानिमा मन्दिरमा सौर्य उर्जा जडान गरेका छन । वडा नम्बर १ मा रहेको पन्चेस्वर धाम मन्दिरमा (पन्चेस्वर तिर्तस्थल) सौर्य बत्ती जडान गरिएको स्थानीय प्रमल घटालले बताउनु भयो ।


रातिको समयमा पनि मन्दिरमा भक्तजनहरु जाग्राम बस्ने र पुजा गर्दा मन्दिरमा अँध्यारो हुने र भक्तजनहरुलाइ समस्या हुने हुँदा सौर्य बत्ती जडान गरिदिएको गाउपालिका अध्यक्ष चन्दले बताउनु भयो ।


पन्चेस्वर धाम मन्दिरमा (पन्चेस्वर तिर्तस्थल) मा नबरात्री र माघको महिना विशेष पुजा र जाग्राम हुने गर्द्छ । पन्चेस्वर तिर्थस्थल हरिद्वार जतिकै पबित्र स्थल भएको अग्रजहरु बताउछन ।

प्रतिक्रिया छाेड्नुहाेस्